महालक्ष्मी विकास बैंक लगातार तेस्रो पटक ISO 9001:2015 बाट प्रमाणित

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 प्रमाणपत्रबाट लगातार तेस्रो पटक प्रमाणित भएको छ।

    गुणस्तर व्यवस्थापन प्रणालीमार्फत अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्दै आएको आधारमा बैंक पहिलोपटक २०८१ साल साउन ३२ गते (सन् २०२४ अगस्ट १६) देखि लागू हुने गरी ISO 9001:2015 बाट प्रमाणित भएको थियो। त्यसपछि २०८२ साल भदौमा सम्पन्न पहिलो सर्भिलियन्स अडिटबाट समेत बैंक पुनः प्रमाणित हुन सफल भएको थियो।

    बैंकले २०८३ साल साउनमा सम्पन्न तेस्रो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणपत्र प्राप्त गरेको हो। यो प्रमाणपत्र २०८३ साल साउन ३२ गते (सन् २०२६ अगस्ट १६) देखि लागू भएको बैंकले जनाएको छ। बैंकले ‘Provision of Development Banking Activities’ अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको हो। यस्तो प्रमाणपत्र प्राप्त गर्ने विकास बैंकहरूमध्ये महालक्ष्मी विकास बैंक अग्रणी रहेको बैंकको दाबी छ।

    अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गर्ने, उत्कृष्ट सेवा प्रदान गर्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने तथा कार्यप्रणालीमा निरन्तर सुधार गर्ने संस्थाले मात्र ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन्। प्रमाणपत्र प्राप्तिका लागि बैंकका नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको विस्तृत परीक्षण तथा अडिट गरिएको थियो।

    गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar