मधेसमा बन्यो ५ दलको गठबन्धन, कांग्रेस–एमाले सत्ताबाहिर

  • कालिका खवर
  • बुधबार, अशोज २९, २०८२
  • काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार बनाउनका लागि ५ दलको गठबन्धन बनेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपाध्यक्ष तथा लोसपा मधेस संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार बनाउने गरी प्रदेशमा ५ दलको गठबन्धन बनेको हो । सोनललाई जसपा नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ ।

    पाँच दलको गठबन्धन बनेसँगै मधेसमा कांग्रेस-एमाले सत्ता बाहिरै हुने भएका छन् । यी ५ दलका ५६ जना सांसदको हस्ताक्षर सँगै सोनलले बुधबार मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका छन् । प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आजै अपराह्न ४ बजेसम्म रहेको छ । यसअघि काङ्ग्रेस एमाले र जनमतको सहकार्यमा सरकार बन्ने चर्चा थियो।

    नयाँ प्रक्रिया सुरु नहुँदै यी तीनटा पार्टीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाइसकेका पनि थिए । तर आज यी पाँच दलको छुट्टै गठबन्धन बनेको हो । जनमतले कांग्रेस–एमालेको साथ छाडेर नयाँ गठबन्धन बनेसँगै नयाँ समीकरण सम्भव भएको हो । मधेसमा नयाँ सरकार गठबन्धका लागि ५४ सांसद आवश्यक पर्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar