मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै

  • कालिका खवर
  • मङ्लबार, अशोज २८, २०८२
  • जनकपुर, २८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् । मधेश प्रदेशको राजनीतिक माहोल अहिले तातिएको छ । केन्द्रका नेताहरु पनि जनकपुरधाम आइपुगेका छन् भने केही नेता आज आउने जनाइएको छ ।

    हिजो मात्र लोसपाले मधेश प्रदेश सरकारबाट आफ्नो समर्थ फिर्ता लिएको छ । यसअघि नेकपा (एमाले), कांग्रेस र जनमतले समर्थन फिर्ता लिइसकेको छ । यसअघि नेपाली कांग्रेस मधेश प्रदेशले आफ्नो नेतृत्वमा सरकार बनाउन एमाले र जनमतसहितको दाबी प्रदेश प्रमुख कार्यालयमा गरेको थियो ।

    तर, हिजो जनमत पार्टी फुटेर अर्को पार्टी दर्ता भएसँगै केही प्रभाव पर्नसक्ने देखिएको छ । जनमत पार्टीका ६ जना सांसदहरुले मात्र जनमत छाडे कांग्रेसले सरकार बनाउने अवसर गुमाउन सक्छ । यता, मधेशवादी दलहरु पनि नेतृत्व चयनका लागि भित्रभित्रै तालमेल मिलाउने कार्य गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar