माइतीघरबाट पक्राउ पर्नेहरूको सङ्ख्या १८ पुग्यो

  • कालिका खवर
  • बिहिबार, अशोज २३, २०८२
  • काठमाडौँ । माइतीघरमा प्रदर्शन गर्न खोज्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । जेनजीका विभिन्न समूह बिहीबार प्रदर्शन गर्ने भन्दै माइतीघर पुगेका हुन् । प्रहरीले उनीहरूलाई प्रदर्शन गर्न रोक लगाएको छ ।

    हालसम्म पक्राउ पर्नेको सङ्ख्या १८ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । पक्राउ पर्नेमा डा.निकोलस भुसाल र सञ्जीव दाहाल लगायतका छन् । प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताएपछि घुसपैठ हुने र हिंसा भड्किन सक्ने सुरक्षा विश्लेषण छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar