माधव नेपालविरूद्वको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • कालिका खवर
  • आइतवार, माघ १८, २०८२
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालविरूद्वको भ्रष्टाचार मुद्दामा अदालतले साक्षी बुझ्ने आदेश दिएको छ ।

    पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले आज साक्षी बुझ्ने आदेश दिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

    तत्कालीन प्रधानमन्त्री नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar