माछापुच्छ्रे क्यापिटलले सार्वजनिक निष्काशनमा ल्याउँदै सामूहिक लगानी योजना

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • काठमाडौं। माछापुच्छ्रे क्यापिटलले आफ्नो सामूहिक लगानी माछापुच्छ्रे एसआइपी (SIP) योजनाका इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

    एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने यो योजना खुलामुखी प्रकृतिको रहेको क्यापिटलले जानकारी दिएको छ।

    कम्पनीले मंसिर १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याउने तयारी गरेको छ। योजनाको कुल आकार ५ करोड इकाई रहेको छ।

    जसमध्ये १४ प्रतिशत अर्थात् ७० लाख इकाई कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकका लागि सुरक्षित राखिएको छ भने १ प्रतिशत अर्थात् ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी १ करोड २५ लाख इकाई सर्वसाधारणका लागि उपलब्ध हुनेछ।

    योजनाको इकाईमा मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ। यदि उक्त समयमा सबै इकाई बिक्री नभएमा आवेदन मंसिर २८ गतेसम्म खुला रहने क्यापिटलले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar