कुलमान घिसिङ मधेश यात्रामा

  • कालिका खवर
  • बिहिबार, माघ २२, २०८२
  • जनकपुरधाम : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ मधेश झरेका छन् । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित राजनीतिक भेटघाटका कार्यक्रममा सहभागी हुन उनी मधेश आएका हुन् ।

    बुधबार जनकपुरधाम आएका उनी आज बिहान जानकी मन्दिरमा पूजा-अर्चना गरेका छन् । त्यलगत्ते जनकपुरको जनकचौकमा पत्रकार भेटघाट कार्यक्रम राखेका छन् ।

    विभिन्न जिल्लामा पुगेर स्थानीय राजनीतिक कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट तथा आन्तरिक छलफल गर्ने कार्यक्रम रहेको बताइएको उनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar