कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • कालिका खवर
  • आइतवार, साउन ३, २०८३
  • काठमाडौँ : जिल्ला प्रहरी कार्यालय सिरहाले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कल्याणपुर नगरपालिका-१२ निवासी ९ वर्षीय अजित मुखियाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा फरार रहेका ४५ वर्षीय ज्ञानचन मुखियालाई पक्राउ गरिएको हो।

    उक्त घटनामा बालक हराएको भोलिपल्ट कल्याणपुर-१२ स्थित पोखरीमा मृत अवस्थामा फेला परेका थिए। घटनापछि ज्ञानचन मुखियासहित चार जनालाई प्रतिवादी कायम गरिएको थियो। उनी फरार रहँदै आएको अवस्थामा आफ्नै घरमा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनको घरबाट नियन्त्रणमा लिएको जनाएको छ।

    पक्राउ परेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar