कर्णालीले विराटनगरविरुद्ध ब्याटिङ गर्ने

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौं, १२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीका कप्तान सोम्पाल कामीले टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेलाई फिल्डिङको निम्तो दिए ।

    कर्णालीको यो चौथो खेल हो । कर्णालीले यसअघि लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गर्दा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रन र चितवन राइनोजसँग चार विकेटको हार व्यहरेको छ ।

    यता विराटनगर भने पाँचौ खेल हो । विराटनगरले यसअघि पहिलो, दोस्रो र तेस्रो खेलमा क्रमश पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाण्डू गोर्खाजलाई पाँच विकेट र जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको थियो ।

    तर, चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएपछि टिमको अपराजित यात्रामा ब्रेक लागेको थियो । आजै लिग अन्तर्गत रंगशालमा ११ः४५ भएको खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ५३ रनको जित निकालेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar