कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु

  • कालिका खवर
  • मङ्लबार, असार ३०, २०८३
  • धनगढी । कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। सोमवार दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल नजिकै महाकाली नदीमा डुबेर २२ वर्षीय मोहन सिंह ठगुन्नाको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतका अनुसार सोमबार दिउँसो नदीमा नुहाउने क्रममा बेपत्ता भएको ठगुन्ना मृत फेला परेका थिए।

    स्थानीय र प्रहरीले संयुक्त खोजी गर्दा उनी डुबेकै स्थान नजिकै मृत भेटिएका हुन्। उनका शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar