खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् : हर्क साम्पाङ

  • कालिका खवर
  • सोमवार, चैत्र २३, २०८२
  • काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई फेवातालको जग्गा प्रकरणमा प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो पोस्ट लेख्दै गृहमन्त्री गुरुङको नाममा फेवातालमा २० रोपनी जग्गा रहेको खबरले आफूलाई ‘नमज्जा’ लागेको उल्लेख गर्दै यस विषयमा पत्रकार सम्मेलन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।

    साम्पाङले यसलाई ‘नैतिकताको सवाल’ भन्दै जवाफ नदिए जनताले विश्वास नगर्ने र प्रहरीले समेत टेर्न छोड्ने चेतावनी दिएका छन् । उनले आफू प्रतिपक्षी दलको नेता भएकाले गृहमन्त्रीमाथि टीकाटिप्पणी र प्रश्न गर्नु आफ्नो पदीय जिम्मेवारी भएको स्पष्ट पारेका छन् । आफ्ना प्रश्नहरू व्यक्तिगत नभई नितान्त व्यावसायिक र कानुनी रहेको साम्पाङको भनाइ छ ।

    साम्पाङले गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको चैत २३ गतेको घटनाका दोषीहरूलाई पक्राउ गरेकोमा धन्यवाद दिँदै गलत काम गर्नेहरूको सूची बनाएर कारबाही गरिरहेकोमा प्रशंसा गरेका छन् । उनले यस कार्यलाई अझै अघि बढाउन शुभकामना समेत दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar