काठमाडौंका सामुदायिक विद्यालयहरुलाई अविलम्ब प्रधानाध्यापक नियुक्त गर्न आग्रह

  • कालिका खवर
  • शनिबार, कार्तिक १५, २०८२
  • काठमाडौं, १५ कात्तिक । काठमाडौं महानगरपालिका बाहेक काठमाडौंका सबै नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई अविलम्ब प्रधानाध्यापक नियुक्त गर्न आग्रह गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको शिक्षा विकास तथा समन्वय इकाइले यस्तो आग्रह गरेको हो । यसका लागि इकाइ प्रमुख एवं उप सचिव समन्तमणि आचार्यले सबै विद्यालयहरूमा पत्र पठाएका छन् ।

    ‘सबै सामुदायिक विद्यालयहरुमा प्र.अ. व्यवस्थापन हुन अनुरोध गरिएकोमा काठमाडौ महानगरपालिका बाहेक अन्य नगरपालिका अन्तंगतका विद्यालयहरुमा प्र.अ. व्यवस्थापनमा अवहेलना गरी अख्तियारको दुरुपयोग भएको भन्ने उजुरीको छांया प्रति समेत संलग्न गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंको च.नं. १३२४८ मिति २०६२÷६÷२४ को पत्र मार्फत लेखी आएकोले प्र.अ. व्यवस्थापन सम्वन्धी कार्य अविलम्व कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध छ’ पत्रमा भनिएको छ ।

    यही कात्तिक १२ गते यस्तो पत्राचार भएको हो । यसअघि गत भदौ १३ मा यस्तै आग्रह गरिएको थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानवस्रोत विकास केन्द्र शिक्षा विकास तथा समन्वय इकाइले गत भदौ १३ मा प्रधानाध्यापको व्यवस्थापन सम्वन्धमा सवै सामुदायिक विद्यालयमा पत्र पठाएको थियो ।

    सामुदायिक विद्यालयको प्रधानाध्यापक नियुक्ति, कार्यकाल र व्यवस्थापन सम्वन्धमा शिक्षा नियमावली २०५९ (संसोधन सहित) को परीच्छेद १७ नियम ९३ अनुसार गर्न भनिएको छ । नियम ९३ बमोजिम प्रधानाध्यापक सम्बन्धि व्यवस्था भए वमोजिम कार्यन्यवन गर्न गराउन अनुरोध गरिएको थियो ।

    साथै प्रधानाध्यापक व्यवस्थापन नहुन्जेल सम्मको लागी सोही परिच्छेद, सोही दफाको उपदफा १२ अनुसार निमित्त प्रधानाध्यापकको व्यवस्थापन गर्नु हुन समेत निर्देश गरिएको थियो । पहिलो पत्रअनुुसार काम हुन नसकेपछि फेरि पत्राचार भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar