कार्की प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीको प्रदर्शन

  • कालिका खवर
  • मङ्लबार, चैत्र १०, २०८२
  • काठमाडौँत्रिचन्द्र बहुमुखी क्याम्पस का विद्यार्थीहरूले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

    सरकारसँग उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले हस्ताक्षरसहित प्रदर्शन गरेका हुन्।

    प्रदर्शनका क्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले नै कार्की प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिएको विद्यार्थीहरूले बताएका छन्।

    विद्यार्थीहरूले प्रतिवेदन सार्वजनिक गरी सत्यतथ्य जनतामाझ ल्याउनुपर्ने र यसले पारदर्शिता तथा जवाफदेहिता कायम गर्न मद्दत पुग्ने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar