काँग्रेसले नमान्दा प्रदेशमा नयाँ समीकरण बनाउनुपर्‍यो : शंकर पोखरेल

  • कालिका खवर
  • बुधबार, साउन २०, २०८३
  • दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले नमान्दा प्रदेशमा नयाँ समीकरण बनाउनु परेको बताएका छन् ।

    आज दाङमा पत्रकारहरूसँग कुराकानी गर्दै एमाले–काँग्रेस र नेकपा मिलेर समीकरण बनाउन चाहेकोमा काँग्रेस नमानेपछि एमाले र नेकपाबीच मात्रै सहकार्य गर्नुपरेको बताएका हुन् ।

    ‘हाम्रो सोच तीन वटै पार्टी मिलेर जाऔं भन्ने थियो, कांग्रेसले तीन पार्टी मिल्ने कुरामा सहमति जनाएन, हामीसँग सहकार्य गर्न पनि मानेन,’ उनले भने, ‘त्यस्तो अवस्थामा एमाले र नेकपाबीच प्रदेश सरकारहरू बनाउनेबारे सहमति भएको हो। अहिले पनि कांग्रेस सहकार्यका लागि तयार हुन्छ भने सहकार्य गर्न सकिन्छ भन्नेमा एमाले र नेकपा छन्।’

    प्रदेशहरूमा कांग्रेसका मुख्यमन्त्रीले बिना जानकारी एमालेका मन्त्रीहरू बर्खास्त गरेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar