कांग्रेस र एमाले मिलेर निर्वाचनमा जानुपर्छ : बादल

  • कालिका खवर
  • मङ्लबार, पुस १५, २०८२
  • काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट सङ्ख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने बताएका छन् ।

    मङ्गलवार काठमाडौंमा मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले एमाले-कांग्रेसले तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले मुलुक सङ्कटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस-एमालेले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाइ गर्न नहुने थापाले बताए ।

    उनले भने, ‘कांग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्थापना गर्न सक्छौँ । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनःस्थापना गर्न सकिन्छ । हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधीनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ ।’

    अविलम्ब दुवै दलले अबको लोकतन्त्रलाई पुनर्स्थापित गर्ने रणनीति र यसका कार्यनीतिहरू सुविचारित ढंगले निश्चित गर्न जरुरी रहेको थापाको भनाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar