काभ्रे बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत

  • कालिका खवर
  • शनिबार, जेष्ठ ३०, २०८३
  • काठमाडौँ : काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ। शुक्रबार दिउँसो बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो। शनिबार दिउँसोसम्म मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए।

    उनका अनुसार मृतकहरूमा रोशी गाउँपालिका-७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशीकै वडा-६ को ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, ८ नम्बर वडाको ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारी, काभ्रेकै रोशी गाउँपालिका-६ का ४५ वर्षीय मेघ बहादुर तामाङ, रोशी-का ५५ वर्षीय राजु तामाङ, वडा ७ का ६० वर्षीया माया तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका- ४  की २२ वर्षीया सुमि तामाङ छन्।

    बमबहादुर नेपाली सेनाको अमल्दार रहेको अनुसन्धानमा खुलेको डिएसपी विष्टले जानकारी दिए। घाइते भएको १६ जनाको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar