जुन भूतले ओलीलाई छलेको थियो, त्यही भूत बादलमा सवार छ : पुरुषोत्तम यादव

  • कालिका खवर
  • बुधबार, चैत्र २५, २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलेको भूतको सवार अहिले एमाले संसदीय दलको नेता रामबहादुर थापा बादलमा सवार रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा यादवले भने–  ‘जेनजी आन्दोलनसम्म प्रधानमन्त्री रहनुभएका ओलीज्यूलाई जुन भूतले छलेको थियो । अहिले त्यही भूत बादलज्यूमा सवार रहेको देखिन्छ ।’

    उनले यो सदन र वर्तमान सरकार जेनजी आन्दोलनमा बगेको रगतपछि निर्माण भएको बताउँदै जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार र जेनजी आन्दोलनका मृतकका परिवारलाई रोजगारीको व्यवस्था सरकारले कहिले गर्छ भन्दै प्रश्न गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar