जोगबनी बजार तनावग्रस्त, नेपाल–भारत सीमा बन्द

  • कालिका खवर
  • शुक्रबार, अशोज १०, २०८२
  • विराटनगर, १० असोज । भारतको जोगबनी बजारमा समुदायबीच विवाद बढेपछि स्थानीय बजार बन्द गरिएको छ । इस्लाम धर्मगुरु पैगम्बरबारे टीकाटिप्पणीपछि पक्ष–विपक्षमा विवाद चर्किएर जोगबनी तनावग्रस्त बनेको हो ।

    दसैँको किनमेलका लागि नेपालबाट ठूलो संख्यामा उपभोक्ता जोगबनी पुग्ने गरे पनि अहिले नेपाली पक्षबाट सीमा नाका बन्द गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालतर्फको सीमा अस्थायीरूपमा बन्द गरिएको जानकारी दिए ।

    सीमामा पुगेका धेरै नेपाली उपभोक्ता फर्किएका छन् । अहिले जोगबनीमा नाराबाजी जारी छ भने ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ । चाडपर्वको समयमा सस्तो बजारका कारण नेपालीहरूको भिड लाग्ने जोगबनीमा यसपटक तनाव र सुरक्षाको कारण किनमेल प्रभावित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar