जिउँदो मानिसले प्रशंसा पनि पाउँछ, गाली पनि खान्छ : चन्द्र भण्डारी

  • कालिका खवर
  • बिहिबार, माघ १, २०८२
  • काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जिउँदो मानिसले प्रशंसा पनि पाउँछ गाली पनि खान्छ भन्दै यही जीवनको यथार्थता भएको बताएका छन्। नेपाली कांग्रेसको फुटसँगै भण्डारीले  सामाजिक सञ्जालमा मार्फत यस्तो धारणा राखेका हुन्।

    ‘जिउँदो मानिसले प्रशंसा पनि पाउँछ, गाली पनि खान्छ। चित्त दुख्छ पनि, खुसी पनि हुन्छ। यही नै जीवनको यथार्थ हो,’ उनले लेखेका छन्, ‘तर हाम्रो  पाठशालाले हामीलाई गाली गर्न होइन,विचार राख्न, तर्क गर्न, असहमति सभ्य रूपमा व्यक्त गर्न र समाधान खोज्न सिकाएको हो।’

    उनले विचारको प्रतिस्पर्धा स्वस्थ  हुने बताउँदै गालीले सम्य र संस्कार भएको व्यक्ति नबनाउने बताए । ‘लोकतन्त्रको सुन्दरता यही हो कि फरक मत राख्ने अधिकार मात्र होइन,’ उनले लेखेका छन्, ‘त्यसको सुरक्षा हुने ग्यारेन्टी पनि हुन्छ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar