जहाँ म त्यहाँ हेडक्वाटर, सहिदका सपना खेर जान दिन्नँ : प्रचण्ड

  • कालिका खवर
  • मङ्लबार, माघ ६, २०८२
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहिद तथा बेपत्ता परिवारको बलिदानलाई खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार रुकुम पूर्वमा उम्मेदवारी दर्ता गराएका प्रचण्डले राष्ट्र निर्माणको संकल्प लिएर अगाडि प्रतिबद्धता जनाएका हुन् ।

    ‘हरेक सहिद परिवार र अपांगता परिवारलाई परिपूरण दिने निर्णय भएको छ ।  कार्यान्वयन गर्ने बेलामा हाम्रै नेतृत्वमा सरकार भएन भने अरुले वास्ता गर्ने छैन । त्यसका लागि नेपाली कम्युनिस्ट पार्टीलाई अध्यावधिक मत दिन आवश्यक छ,’ उनले भने, ‘रुकुमबाट नयाँ अभियान सुरु हुन्छ । म जहाँ गए त्यहीँ हेडक्वाटर हुन्छ । सकेसम्म सबै वडा पुगेर तपाईंहरूको गुनासा, समस्या सुन्नेछु ।’

    जेनजी विद्रोहपछि निर्वाचनको पक्षमा दृढताका साथ उभिएकाले अहिले देश नै आफ्नो पक्षमा उभिएको उनले जिकिर गरे । उम्मेदवारको हिसाबले केही दिनमै प्रतिबद्धतापत्र सार्वजनिक गर्ने प्रचण्डले बताए । उनले जे गर्न सकिन्छ गर्ने र गर्न नसकिने कुरा नगर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar