जेनजीले माग्यो अख्तियार प्रमुखको राजीनामा

  • कालिका खवर
  • सोमवार, अशोज २०, २०८२
  • काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्स, विभिन्न जेनजीहरुको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेको छ । राजीनामा नआए भोलि १० बजे आयोगको कार्यालयमा निवेदन दर्ता गराएर थप आन्दोलनका कार्यक्रमहरू गर्ने चेतावनीसमेत दिएका छन् ।

    अलायन्सले आयुक्तहरूको नियुक्तिको प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै  प्रमुख आयुक्त प्रेमकुमार राईसहित अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री  केपी ओलीको सरकारले संसदीय सुनुवाइविनै ‘निरङ्कुश ढङ्गले’ गरेको आरोप अलायन्सले लगाएको छ । जेनजी मुभमेन्ट अलायन्सले अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नागरिकहरूलाई नयाँ आयुक्तका रूपमा नियुक्त गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar