जेनजी आन्दोलनमा प्रहरीबाट लुटेको पेस्तोल पड्काएर भिडिओ बनाएपछि पक्राउ परे दुई युवक

  • कालिका खवर
  • बुधबार, कार्तिक १२, २०८२
  • काठमाडौं। जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटेको पेस्तोल पड्काउँदै भिडिओ बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपाली छन् ।

    उनीहरूले घरको छतमा बसेर चुरोट तान्दै लुटिएको पेस्तोल पड्काएपछि उनीहरूको पहिचान भएको हो ।

    उनीहरूको साथबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउण्ड गोली पनि बरामद भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar