जेन‍जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ जना प्रदर्शनकारी

  • कालिका खवर
  • शुक्रबार, अशोज ३१, २०८२
  • काठमाडौं, ३१ असोज । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना प्रदर्शनकारी भएको नेपाली सेनाले जानकारी दिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा उपरथी अनुपजंग थापाले आन्दोलनमा ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ जना रहेको बताएका हुन् ।

    थापाले आन्दोलनका क्रममा कम घातक नियन्त्रण उपाय अपनाएको जानकारी पनि दिए । सिंहदरबार क्षेत्रमा भएको भिड नियन्त्रणका क्रममा ४६ राउन्ड हवाई फायर गरिएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar