जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

  • कालिका खवर
  • शुक्रबार, मंसिर २६, २०८२
  • काठमाडौं । जापानमा ६.७ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्पपछि उत्तरी तटमा सुनामीको चेतावनी जारी गरिएको छ । जापानका मौसमविद्हरूले भूकम्पका कारण समुद्र सतहमा उतारचढाव आइरहेको बताएका छन् । यद्यपि, अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ ।

    जापानको मुख्य द्वीपको उत्तरी प्रान्त आओमोरी प्रिफेक्चरको तटका धेरै क्षेत्रबाट ६ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । केही दिनअघि नै यही क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा कम्तीमा ५० जना घाइते भएका थिए । विज्ञहरूले आगामी ३० वर्षभित्र ठूलो भूकम्प आउने ६० देखि ९० प्रतिशत सम्भावना रहेको चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar