ज्यान मार्ने धम्की दिनेविरुद्ध साम्पाङको अर्को उजुरी

  • कालिका खवर
  • बुधबार, चैत्र १८, २०८२
  • काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले आज पनि एक जनाविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिने बताएका छन् ।

    यसअघि सोमबार मात्र उनले सुनिता खड्का नामको टिकटक आईडीबाट आफ्नो हत्या गर्ने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । साम्पाङले सामाजिक सञ्जालमार्फत फेरि आज त्यस्तै प्रकृतिको अर्को उजुरी दिइने जानकारी दिएका हुन् ।

    ‘सरकारलाई बेलगाम घोडा बनेर जथाभावी कुद्न नदिने प्रतिपक्ष हो–हर्क साम्पाङ र उसको पार्टी श्रम संस्कृति । यो कुरा हेक्का राख’, उनले लेखेका छन्, ‘गालीगलौज गर्नेलाई माफी नै छ । तर ज्यानमार्ने र घर जलाउने धम्की दिनेहरूविरुद्ध सीआईबीमा रिपोर्ट गर्नेछु । आज नि एउटा पर्छ ।’

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar