इनिसा विक हत्याको विरोधमा अमेरिकामा नेपालीले गरे प्रदर्शन

  • कालिका खवर
  • आइतवार, चैत्र ८, २०८२
  • न्यूयोर्क : इनिसा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै अमेरिकाको न्यूयोर्कस्थित क्विन्स ज्याक्सन हाईट्स डाइभसिर्टी प्लाजामा नेपालीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । साथै विकको आत्माको चीर शान्तिको लागि दीप प्रज्वलन समेत गरिएको थियो ।

    सो कार्यक्रममा अमेरिका बस्दै आएका नेपाली अधिकारकर्मी, पत्रकार, कलाकार र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । सुर्खेतस्थित वीरेन्द्रनगर सामुदायिक वनमा किशोरी ईनिसा विकको बलात्कार पछि हत्या गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar