हुम्लामा निःशुल्क आँखा शिविरः अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • सिमकोट : हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६१२ सेवाग्राही लाभान्वित भएका छन् । तीमध्ये ६९ जनाको मोतीबिन्दुको निःशुल्क शल्याक्रियासमेत गरिएको थियो ।

    नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा रेडी आई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित सो तीन दिने शिविरमा निः शुल्क आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चस्मा वितरण सेवा प्रदान गरिएको थियो ।

    जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकालाई लक्ष्य गर्दै आयोजना गरिएको सो शिविरमा हिमालय आँखा अस्पताल पोखरामा सेवारत नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीको नेतृत्वको स्वास्थ्य टोलीले सेवा प्रदान गरेका थिए ।

    नेत्ररोग विशेषज्ञ डा पराजुलीले मोतीबिन्दु रोग पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिए । शिविरमा बालबालिका, ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका सेवाग्राही लाभान्वित भएका थिए ।

    न्यून दृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यकताअनुसार थप उपचार तथा चस्मा वितरणको व्यवस्था गरिएको थियो । यसपछि हुम्लाको अदानचुली गाउँपालिकामा पनि शिविर सञ्चालन हुने रेडी आई फाउण्डेशनले जनाएको छ । शिविर सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी शाखा र जिल्ला आँखा उपचार केन्द्रले पनि समन्वय गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar