हुम्लाको उच्च भेगमा हिमपात

  • कालिका खवर
  • मङ्लबार, अशोज २१, २०८२
  • सिमकोट (हुम्ला), २१ असोज । हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ । सोमबार साँझदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमीलगायत उच्च भेगमा हिमपात भएको हो । हिमपातसँगै हिल्सामा चिसो बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले बताउनुभयो । सोमबार दिउँसोदेखि हल्का वर्षा भएकामा आज बिहान हिमपात भएको लामाले टेलिफोनमार्फत जानकारी दिनुभयो । हिमपातसँगै यहाँको जनजीवन प्रभावित बनेको छ ।

    त्यसैगरी सिमकोट गाउँपालिकाका उच्च क्षेत्रहरु पञ्चमुखी, रलिङ, सैपाललगायत खार्पुनाथका उच्च हिमालमासमेत हिमपात भएको छ । जिल्लाका उच्च भेगमा हिमपात भएसँगै सदरमुकाम सिमकोटसहित होचो क्षेत्रमा वर्षा भइरहेको छ । सदरमुकाम सिमकोटमा एक्कासी चिसो बढेको स्थानीय मुक्ति रावतले बताउनुभयो । चिसोले विद्यालयमा विद्यार्थी उपस्थिति घटेको मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिनुभयो । एकमात्र विमानस्थलमासमेत वर्षाले उडान अवरुद्ध भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar