हर्क साम्पाङले गरे एमसीसी खारेजको माग

  • कालिका खवर
  • बिहिबार, चैत्र १९, २०८२
  • काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले एमसीसी खारेज गर्न माग गरेका छन् ।

    बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेजीको माग गरेका हुन् ।

    उनले बैठक समयमा सुरु गर्न पनि आग्रह गरे । साम्पाङले जनताले चाहेका कुराहरु स‌ंसदमा सुनाउँदै पहिलाे बुँदामै यस्ता माग गरेका हुन् ।

    उनले भने, म आफनो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो । म जनताको मागहरु जनताले चाहेका कुराहरु के कस्ता छन् भन्ने कुरा बुँदागत रुपमा बाचन गर्न चाहन्छु । पृथ्वी रहीरहुन्जेलसम्म यो देश रहनुपर्छ । हाम्रो देशको अंकित झण्डा रहिरहनुपर्छ । यो मान्यता हामी राख्दर्छौं । देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar