हालका कोषाध्यक्ष प्रकाश थपलिया सचिव पदको दौडमा, अनुभवलाई संस्थागत सुधारमा प्रयोग गर्ने प्रतिबद्धता

  • कालिका खवर
  • बिहिबार, असार २५, २०८३
  • काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारीको व्यवसायिक प्यानलबाट हालका कोषाध्यक्ष प्रकाश थपलिया सचिव पदका उम्मेदवार बनेका छन्। परिषद्को वर्तमान कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थपलियाले आफ्नो अनुभवलाई संस्थाको थप प्रभावकारी व्यवस्थापन र व्यवसायीको हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    पर्यटन तथा व्यवसायिक गतिविधिको केन्द्रका रूपमा रहेको ठमेलको समग्र विकासका लागि संस्थागत सुशासन, पारदर्शिता र व्यवसायीमैत्री नीतिलाई प्राथमिकतामा राख्दै आफू सचिव पदमा उम्मेदवारी दिएको थपलियाले बताए। उनले परिषद्लाई सबै व्यवसायीको साझा र विश्वासिलो संस्था बनाउने अभियानमा अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानल प्रतिबद्ध रहेको उल्लेख गरे।

    सचिव पदका उम्मेदवार प्रकाश थपलियाले भने, “कोषाध्यक्षका रूपमा काम गर्दा परिषद्को प्रशासन, आर्थिक अनुशासन र व्यवसायीका अपेक्षालाई नजिकबाट बुझ्ने अवसर पाएँ। अब सचिवका रूपमा त्यो अनुभवलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्दै परिषद्लाई पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री संस्था बनाउन निरन्तर लाग्नेछु। ठमेलको पर्यटन प्रवर्द्धन, व्यवसायीबीचको एकता र संस्थागत सुदृढीकरण नै हाम्रो प्रमुख प्राथमिकता हुनेछ।”

    उनले परिषद्का निर्णय प्रक्रियालाई थप व्यवस्थित, सूचना प्रवाहलाई छिटोछरितो र सदस्य व्यवसायीका गुनासा तथा सुझावलाई संस्थागत रूपमा सम्बोधन गर्ने वातावरण निर्माण गरिने बताए। साथै, पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी तथा निजी निकायसँग समन्वय बढाएर ठमेललाई अन्तर्राष्ट्रिय स्तरमा अझ प्रतिस्पर्धी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न आफ्नो भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरे।

    अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलले अनुभवी, सक्रिय र व्यवसायमै प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई समेटेर परिषद्लाई नयाँ ऊर्जा दिने लक्ष्य लिएको जनाएको छ। आगामी असार २७ गते हुने निर्वाचनमा सम्पूर्ण सदस्य व्यवसायीलाई व्यवसायिक, सक्षम र परिणाममुखी नेतृत्व चयन गर्न आग्रह गर्दै सचिव पदका उम्मेदवार प्रकाश थपलियाले आफ्नो पक्षमा अमूल्य मत प्रदान गर्न अपिल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar