गलकोटमा इलाका प्रशासन कार्यालय खोलिनेछ : प्रधानमन्त्री

  • कालिका खवर
  • सोमवार, भदौ २३, २०८२
  • काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीेले बागलुुङको गलकोट नगरपालिकामा सर्वदलीय र सर्वपक्षीय मागबमोजिम इलाका प्रशासन कार्यालय खोलिने विश्वास दिलाउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज बागलुुङको सर्वदलीय र सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यथाशक्य छिटो गलकोटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव लगिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

    प्रतिनिधिमण्डलमा सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका सचिव देवेन्द्र पौडेल, नेकपा (एमाले) का सङ्घीय सांसद देवीप्रकाश भट्टचन, जनमोर्चा नेपालका सङ्घीय सांसद तुुलप्रसाद विश्वकर्मा, गण्डकी प्रदेशसभाका सदस्यहरु जितबहादुर शेरचन, द्रोण कुँवर, दिलमाया पौवी, संविधानसभामा सदस्यहरु मनकुमारी जिसी, निरज पुन, नेकपा (एमाले) का केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसे, गलकोट नगरपालिकाका कार्यबाहक प्रमुख फमलाल निउरेलगायत हुनुहुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar