गायिका गोलेको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

  • कालिका खवर
  • बिहिबार, भदौ १९, २०८२
  • काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउन सफल गायिका इन्दिरा गुरुङको निधनले दुखी तुल्याएको बताए ।

    प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौं उपत्यका आसपास धेरै लोकप्रिय छ । नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउनु भएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनें । गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

    गायिका गोलेको ५९ वर्षको उमेरमा क्यान्सरका कारण ललितपुरस्थित आपार्टमेन्टमा निधन भएको हो । उनले ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी थिइन् । इन्दिराले लोकदोहोरी, तामाङ सेलो, देउडा लगायत विविध भाषाका गीतहरू गाएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar