गौतमश्री सहकारीको रकम अपचलन : व्यवस्थापकसहित ५ जना पक्राउ

  • कालिका खवर
  • शुक्रबार, चैत्र २०, २०८२
  • काठमाडौं । काठमाडौँको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना आरोपमा व्यवस्थापकसहित पाँचजना पक्राउ परेका छन् ।

    प्रहरीले व्यवस्थापक रवीन बिष्टसहित ५ जनालाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय बिष्ट, अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन्।

    उनीहरूले सहकारीको सवा अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलेको छ ।

    सहकारीले बचतकर्ताको मुद्दती र बचत खातामा रहेको करिब १ अर्ब ७५ करोड रुपैयाँ फिर्ता नगरेपछि १ हजार १ सयभन्दा बढी बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar