गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

  • कालिका खवर
  • बुधबार, चैत्र ४, २०८२
  • गाजा । इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक वरिष्ठ नौसैनिक कमाण्डर मारिएको दाबी गरेको छ । इजरायल रक्षा बल र आन्तरिक सुरक्षा निकायले संयुक्त रूपमा जारी गरेको वक्तव्यअनुसार उत्तरी गाजा क्षेत्रमा कार्यरत हमासको नौसैनिक इकाइका कमाण्डर युनुस मोहम्मद हुसेन अलियान सोमबार गरिएको आक्रमणमा मारिएका हुन् ।

    उनी नौसैनिक बलको सञ्चालन, तालिम तथा हतियार तयारीको जिम्मेवारीमा रहेका बताइएको छ । वक्तव्यमा हालका हप्ताहरूमा उनले आफ्नो इकाइको क्षमता पुनःनिर्माण गर्दै सम्भावित आक्रमणको योजना बनाइरहेको आरोप लगाइएको छ । आक्रमणका क्रममा सर्वसाधारणलाई क्षति नहोस् भनेर सावधानी अपनाइएको पनि जनाइएको छ ।

    यसैबिच, प्यालेस्टिनी रेड क्रिसेन्ट र स्थानीय स्वास्थ्य स्रोतका अनुसार दक्षिणी गाजाको अल–मवासी क्षेत्रमा मङ्गलबार गरिएको हवाई आक्रमणमा ३ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । गाजाको स्वास्थ्य निकायका अनुसार सन् २०२३ अक्टोबर ७ यता सो क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या ७२ हजार २४९ पुगेको छ भने १ लाख ७१ हजार ८९८ जना घाइते भएका छन् । क्षेत्रीय द्वन्द्व अझै चर्किँदै गएको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar