ग्रीनेदी इनर्जीले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटललाई नियुक्त गर्‍यो

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • काठमाडौं । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयबासी तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रिया अगाडि बढाउने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

    यो नियुक्तिसम्बन्धी सम्झौता मंसिर १ गते सोमबार सम्पन्न भएको हो। सम्झौतामा ग्रीनेदी इनर्जीका तर्फबाट अध्यक्ष युरेश मान कायस्थ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन्।

    कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी तथा सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ।

    ग्रीनेदी इनर्जीले कास्की जिल्लाको इदी खोलामा निर्माण गरेको ‘इदी खोला जलविद्युत आयोजना’ २०८२ बैशाख ८ गतेदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिरहेको छ।

    आयोजनामा बैंकिङ, जलविद्युत, बिमा तथा पूँजी बजार क्षेत्रमा अनुभव र विशिष्टता राख्ने व्यक्तिहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ। सो आयोजना हाईड्रोलोजी क्यु–६५ को संरचनामा निर्माण गरिएको हो।

    अध्यक्ष कायस्थका अनुसार ग्रीनेदी इनर्जीले आगामी दिनमा अन्य जलविद्युत परियोजनासँगै सौर्य तथा हरित ऊर्जामा समेत लगानी विस्तार गर्ने योजना बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar