ग्लोबल आइएमई बैंक र नास-आईटीबीिच अन्तरक्रिया कार्यक्रम सम्पन्न, बैंकले आईटी व्यवसायमा कर्जा विस्तारमा चासो

  • कालिका खवर
  • बुधबार, कार्तिक १९, २०८२
  • काठमाडौँ  । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरूसँग बैंकिङ्ग सेवाहरूको दायरा विस्तार, कर्जा सुविधा तथा व्यवसाय वृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रममा बैंकले आईटी क्षेत्रका उद्यमी तथा पेशेवरहरूसँग कर्जाका प्रकार, प्रक्रिया, आवश्यकता; डिजिटल बैंकिङ सेवा; र बैंकिङ्ग सुरक्षासम्बन्धी विषयमा विस्तृत छलफल गरेको थियो।

    बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेशागत समूह लक्षित गरी यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए। उनले भने, “वित्तीय साक्षरताको स्तर बढाउँदै उद्यमशीलता प्रवर्द्धन गर्न हामी निरन्तर अग्रसर रहन्छौं।”

    बैंक र नास–आईटीबिचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले भविष्यमा कर्मचारीहरूको अनुभव र सीप विकासमा केन्द्रित कार्यक्रम संचालन गरिनेमा रेग्मीले जोड दिए। यस अवसरमा ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषका लागि पहिलो दिगो साझेदार पनि बनेको छ।

    विस्तारित सेवा सञ्जाल र अन्तर्राष्ट्रिय मान्यता

    ग्लोबल आइएमई बैंकले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरेको छ। यसमा बंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनि अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, तथा बेष्ट बैंक ईएसजी नेपाल २०२४ जस्ता सम्मानहरू समावेश छन्।

    नेपाली निजी क्षेत्रको पहिलो वाणिज्य बैंकको रूपमा, ग्लोबल आइएमईले ७७ जिल्लामा ३५२ शाखा, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा ३ विदेशी प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा बिन्दुबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

    वैदेशिक रोजगारबाट रेमिट्यान्स सुविधा

    बैंकले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ, जसमा संयुक्त राज्य अमेरिका, युनाइटेड किंगडम, क्यानडा, अष्ट्रेलिया, मलेशिया, जापान, दक्षिण कोरिया, साउदी अरब, कतार, कुवेत, भारत र अन्य मुलुकहरू समावेश छन्।

    बैंकले यस किसिमका कार्यक्रम र सेवामार्फत उद्यमशीलता तथा वित्तीय प्रवाहलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar