एयरपोर्ट क्षेत्रबाट १६ जना ‘बिचौलिया’ पक्राउ

  • कालिका खवर
  • शनिबार, चैत्र २१, २०८२
  • काठमाडौँ : गुण्डागर्दीको आरोपमा काठमाडौँको एयरपोर्ट क्षेत्रबाट १७ जना पक्राउ परेका छन्। गुण्डागर्दीविरुद्ध सञ्चालित अपरेसनको क्रममा उनीहरूलाई गएराति पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    ‘काठमाडौँको एयरपोर्ट क्षेत्रबाट विभिन्न होटेल र रेण्टुरेण्टमा सरल र सस्तो मूल्यमा राखिदिने भन्दै उनीहरूले हवाई यात्रुलाई दुःख, हैरानी दिएको आरोपमा पक्राउ गरेका हौँ,’ अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने, ‘यात्रुको गुनासो बढेसँगै हामीले निगरानी बढाएका थियौँ। एयरपोर्टको पार्किङ एरियाबाट विभिन्न होटल तथा रेस्टुरेन्टका १६ जना बिचौलियालाई नियन्त्रण लिएर थप अनुसन्धान सुरु गरिएको छ।’

    एयरपोर्ट क्षेत्रबाट पक्राउ पर्नेहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। गएराति प्रहरीले काठमाडाैँका अन्य ठाउँबाट पनि गुण्डागर्दीमा संलग्न धेरैलाई पक्राउ गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar