एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। खेल आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुनेछ।

    विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवन राइनोजलाई कुशल मल्लले नेतृत्व दिइरहेका छन्। विराटनगरले अहिलेसम्म खेलेका तीनै खेलमा जित निकाल्दै ६ अंक जोडेर उत्कृष्ट प्रदर्शन गरिरहेको छ। चितवनले भने दुई खेल खेलेको छ र एक जितसहित २ अंक रहेको छ।

    विराटनगरले प्रतियोगितामा हालसम्म कुनै हार व्यहोरेको छैन। यद्यपि अंक तालिकामा सुदूरपश्चिमसँग अंक बराबर भए पनि नेट रनरेटका आधारमा विराटनगर दोस्रो स्थानमा रहेको छ। चितवन पाँचौं स्थानमा छ।

    चितवनले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो।

    एनपीएलमा ८ फ्रेन्चाइज टोली जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar