एनपीएल : चितवनलाई हराउँदै जनकपुरको पहिलो जित

  • कालिका खवर
  • मङ्लबार, मंसिर १६, २०८२
  • काठमाडौँ । साविकको विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर  लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । मंगलबा भएको खेलमा जनकपुरले चितवन राइनोजमाथि ६ विकेटको जित निकाल्दै पहिलो जित दर्ता गरेको हो ।

    त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर ३ बलमा मात्र चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । जनकपुरका लागि अनिल शाहले ६१ रनको अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

    जनकपुरका माज शदागदले ६३ रनको अर्धशतकीय पारी खेले । ३० बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै आसिफ शेखले १८ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

    चितवनका लागि डेभिड मलानले सर्वाधिक ८० रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै अर्जुन साउदले ३९ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । चितवका कप्तान कुशल मल्लले ३० रनको योगदान गरे ।

    जनकपुरका लागि कप्तान अनिल शाह, रुपेश सिंह, निकोल इस्टोन र माज शदागदले एक–एक विकेट लिए ।योसँगै जनकपुरले पाँच खेलबाट पहिलो जित निकालेको हो । यता चितवनको पाँच खेलमा ४ अंक छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar