एनआईसी एशिया लघुवित्तद्वारा प्रदेश स्तरीय बजेट समीक्षा गोष्ठी सम्पन्न

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • काठमाडौं । एनआईसी एशिया लघुवित्तले पहिलो त्रैमासको प्रदेशस्तरीय बजेट समीक्षा गोष्ठी बाँकेको कोहलपुरमा सम्पन्न गरेको छ।

    कार्तिक १२ देखि १४ गतेसम्म चलेको उक्त गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखा कार्यालयहरूबाट १२१ प्रतिनिधिहरू सहभागी भएका थिए।

    गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले उत्कृष्ट काम गर्न सफल कर्मचारीहरूको प्रशंसा गर्दै, आगामी दिनमा अझ उच्च मनोबलदेखि कार्य सम्पादन गर्न प्रेरित गरेका थिए। नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, तथा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायतले लक्ष्य प्राप्तिका लागि कार्यगत एकता र प्रतिबद्धतामा जोड दिएका थिए।

    विभागीय प्रमुखहरू राकेश श्रेष्ठ, विमल चौधरी, आशिष गौतम र मुक्तिनाथ लौडारीले समीक्षा अवधिका उपलब्धिहरू प्रस्तुत गर्दै चालु त्रैमासका लागि रणनीतिक कार्ययोजना पनि प्रस्तुत गरे।

    गोष्ठीमा पहिलो त्रैमासमा हासिल उपलब्धि, देखिएका चुनौती र सुधारका सम्भावित क्षेत्रहरूको समीक्षा गर्दै दोस्रो त्रैमासका लागि बजेट तर्जुमा, कार्ययोजना निर्माण, सेवा विस्तार तथा गुणवत्ता अभिवृद्धिमा गहन छलफल गरिएको थियो۔

    यसले शाखा सञ्चालकहरूमा थप जोश, उत्साह र प्रतिबद्धता जगाई सेवा प्रवाहमा गुणस्तर वृद्धि हुने विश्वास संस्थाले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar