एमाले पूर्वसांसद जानकी देवी नेकपा प्रवेश

  • कालिका खवर
  • बुधबार, फाल्गुन १३, २०८२
  • सिरहा : नेकपा एमालेका पूर्व समानुपातिक सांसद जानकी देवी राम नेकपा एमाले परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् ।

    २ फागुनमा एमाले त्यागेको घोषणा गरेकी रामलाई आज सिरहा क्षेत्र नं.-३ का उम्मेदवार तथा पार्टीका केन्द्रीय कमिटी सदस्य विश्वनाथ साहले नेकपामा स्वागत गरेका हुन् ।

    उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलित समुदायको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्। संसद्‍मा रहँदा उनले समावेशीता, सामाजिक न्याय र अधिकार सुनिश्चितताका विषय उठाउँदै आएकी थिइन्।

    एमालेभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली रहेको उनको आरोप छ । सुधारका लागि बारम्बार रचनात्मक आवाज उठाउँदा पनि नेतृत्व तहबाट कुनै सुनुवाइ नभएपछि पार्टी छाड्नु परेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar