एमाले जिते मात्र देश सुरक्षित हुन्छ : प्रदीप यादव

  • कालिका खवर
  • बुधबार, माघ ७, २०८२
  • वीरगञ्ज — नेपाल कम्युनिस्ट पार्टी (एमाले) पर्सा क्षेत्र नम्बर १ र २ का अगुवा कार्यकर्ताको भेला बुधबार वीरगञ्जस्थित होटल पूजनमा सम्पन्न भएको छ। भेलाको अध्यक्षता एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माले गर्नुभएको थियो।

    भेलामा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादव र क्षेत्र नम्बर २ की उम्मेदवार रिमा कुमारी यादवसहित पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू प्रभु हजरा, विजय सरावगी, निर्मला देवकोटा तथा मधेस प्रदेशका उपाध्यक्ष विचारी यादवले आ–आफ्ना धारणा राख्नुभएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार प्रदीप यादवले आगामी निर्वाचन एमाले र देशी–विदेशी एजेन्टहरूबीचको संघर्ष भएको दाबी गर्दै जसरी पनि चुनाव जित्नुपर्नेमा जोड दिनुभयो। उहाँले देशी तथा विदेशी शक्तिहरू एमालेविरुद्ध सक्रिय रहेको उल्लेख गर्दै सम्पूर्ण कार्यकर्तालाई एकजुट भएर पार्टीलाई विजयी गराउन आग्रह गर्नुभयो।

    यादवले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसको पछि नलाग्न कार्यकर्तालाई सचेत गराउनुभयो। साथै उहाँले भोलिदेखि नै हरेक वडामा स्वागत तथा पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

    भेलामा पर्सा क्षेत्र नम्बर १ र २ का अगुवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण पार्टी सचिव महेश दासले गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar