एमाले अध्यक्ष ओलीले भक्तपुरमा आज विशेष भेटघाट गर्ने

  • कालिका खवर
  • बिहिबार, अशोज २३, २०८२
  • भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) भक्तपुरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेका हुन् ।

    समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्ने बताइएको छ । कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेल लगायत पार्टीका विभिन्न तहका नेताहरू पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar