एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न

  • कालिका खवर
  • बुधबार, कार्तिक १२, २०८२
  • काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

    शेयरधनीहरूका लागि ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ।

    अर्थ वर्ष २०८२/८३ का लागि जिपि राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मत रूपमा पारित गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar