दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको लागि पेसी तोकियो

  • कालिका खवर
  • आइतवार, भदौ १५, २०८२
  • काठमाडौँ । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको छ । न्यायाधीश उमानाथ गौतमको इजलासमा सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, र सङ्गठित अपराध लगायतको कसुरमा दुर्गा प्रसाईँसहितलाई मुद्दा दायर गरेको थियो ।

    यसअघि जेठ ३० मा न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएकामध्ये जम्मा ७  जनालाई थुनामा पठाउन आदेश गरेको थियो । सो उपर प्रसाईँसहित चार जना उच्च अदालत पुगेका थिए । उच्चले धरौटीमा छाड्न आदेश दिएपछि प्रसाईँ रिहा भएका थिए ।

    राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईँले प्रहरीलाई किच्ने गरी गाडी कुदाएका थिए । उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा, आगजनी, तोडफोड र लुटपाट गरेका थिए । हिंसात्मक घटनामा परी एकजना पत्रकारसहित दुईजनाको ज्यान गएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar