“दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक : बम्परमा भियतनाम भ्रमणको अवसर

  • कालिका खवर
  • सोमवार, अशोज १९, २०८३
  • काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठको अवसर पारेर सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले ‘दशैं विथ ब्ल्याक+डेकर’ नामक चाडपर्व योजना सार्वजनिक गरेको छ। असोज ११ गतेदेखि लागू हुने योजनालाई कम्पनीले ‘स्टाइलिस लिभिङ, स्मार्ट चोइसिज’ नाराका साथ अघि सारेको छ।

    अफरअन्तर्गत ब्ल्याक+डेकरका विभिन्न प्रिमियम उपकरण खरिद गर्ने ग्राहकले आकर्षक पक्का उपहारदेखि बम्पर उपहारसम्म प्राप्त गर्नेछन्। कम्पनीका अनुसार तोकिएका उत्पादन खरिदमा ग्राहकले इलेक्ट्रिक केटल, एप्रोन र एरोमा किटलगायतका पक्का उपहार पाउनेछन्।

    योजनाअन्तर्गत हरेक १५ दिनमा पाक्षिक लक्की ड्र समेत आयोजना गरिनेछ। लक्की ड्रमार्फत भाग्यशाली ग्राहकले ब्ल्याक+डेकरको मिक्सर (मोडेल : एमजी ५५०–आईएन) जित्न सक्नेछन्। लक्की ड्रमा सहभागी हुन ग्राहकले विज्ञापन वा स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।

    यसैगरी, योजनाको बम्पर उपहारका रूपमा एक जना भाग्यशाली विजेताले भियतनाम भ्रमणको अवसर प्राप्त गर्नेछन्। बम्पर लक्की ड्रमा सहभागी हुन पनि ग्राहकले विज्ञापन वा स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ।

    ब्ल्याक+डेकरले ग्राहकलाई उत्पादनको गुणस्तरमा थप विश्वास दिलाउन आफ्ना उपकरणहरूमा २ वर्षको रिप्लेसमेन्ट वारेन्टी समेत उपलब्ध गराएको छ। कम्पनीले ११६ वर्षको इतिहास बोकेको ब्ल्याक+डेकरलाई प्रिमियम उपकरणको अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा प्रस्तुत गर्दै आएको छ।

    असोज ११ गतेदेखि सीमित अवधिसम्म लागू हुने योजना नेपालभर रहेका २२ वटा सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शप तथा आधिकारिक बिक्रेता सञ्जालमार्फत उपलब्ध हुनेछ। ग्राहकले अफरअन्तर्गतका उत्पादनहरू अनलाइनमार्फत समेत खरिद गर्न सक्नेछन्।

    कम्पनीका अनुसार चाडपर्वको अवसरमा ग्राहकलाई प्रिमियम उपकरण खरिदसँगै उपहार र विदेश भ्रमणको अवसर प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको हो। ब्ल्याक+डेकरका उत्पादन तथा योजनासम्बन्धी जानकारी ग्राहकले सिजी डिजिटलको आधिकारिक अनलाइन प्लेटफर्मबाट समेत प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar