दोलखामा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, अशोज ३१, २०८२
  • दोलखा, ३१ असोज । दोलखाको वैतेश्वर गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार घर नजिकैको जङ्गलमा गएका ५९ वर्षीय टेकबहादुर तामाङलाई भालुले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

    प्रहरीका अनुसार तामाङ घरबाट करिब २ सय मिटरको दूरीमा रहेको जङ्गलतर्फ गएका बेला जङ्गली भालुले आकस्मिक आक्रमण गरेको थियो । आक्रमणबाट उनको अनुहार र टाउकोमा गहिरो चोट लागेको र सोही चोटका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar