धरानको भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला

  • कालिका खवर
  • शुक्रबार, भदौ २७, २०८२
  • विराटनगर : सुनसरीको धरानमा रहेको भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ। आज बिहान आगो नियन्त्रणमा लिने क्रममा प्रहरी लगायतको स्थानीयले त्यहाँ शव फेला पारेको प्रहरीले जनाएको छ।

    जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो। शव कसको हो भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

    भाटभटेनीमा अरू तीनजना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।शव जलेको अवस्थामा कंकाल मात्रै फेला परेको छ। कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar