देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते

  • कालिका खवर
  • सोमवार, चैत्र २३, २०८२
  • नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१६ मा एक पुरुष आज मृत भेटिएका छन् । उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेका छन् ।

    स्थानीय ७५ वर्षीय जीवनराम थनेत आफ्नै घरभित्र टाउकोमा छुरा प्रहार भएजस्तो घाउसहित मृतावस्थामा फेला परेका हुन् । उनकी ७० वर्षीय श्रीमती गुलबासेनिया थनेत पनि टाउकोमा गम्भीर चोटसहित अचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

    उनका अनुसार घाइते गुलबासेनियालाई उपचारका लागि चितवन लगिएको छ । घरमा दम्पती मात्र बस्दै आएका र छोराबुहारी छुट्टै घरमा बस्दै आएको खुलेको छ । घटनास्थलमा कुकुर सहितको अनुसन्धान टोली खटिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar