देश भ्रमणको वातावरण नबनाए कसरी चुनाव हुन्छ : विश्वप्रकाश शर्मा

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा घटना जेनजी भावनाअनुसार नभएको बरु त्यसको दुरुपयोग भएको टिप्पणी गरेका छन् । फेशबुकमार्फत आफ्नो प्रतिक्रिया दिँदै शर्माले व्यक्तिलाई कहीँ पनि भ्रमण गर्ने संविधानप्रदत्त अधिकार भएकोले कसैको पनि अधिकार कुण्ठित गर्न नमिल्ने बताएका छन् । उनले यो समय संयम र एकता राख्नुपर्ने बेला भएको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्–

    एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं l मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ l GenZ विरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं l तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन l त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो l

    त्यसैले सिमरा घटना दु:खद ! प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ? सामाजिक संजाल निषेध विरुद्ध उभिने GenZ कसैको `समाज भ्रमण अधिकार´ विरुद्ध उभिन सक्दैनन् l अत सिमरा घटना GenZ भावना होइन, त्यसको दुरुपयोग हो l निषेधको राजनीति कसैले नगरौं l

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar